२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौं महानगरपालिका–२ मा एमाले प्यानलसहित विजयी


3.042k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ।

वडाध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ प्यानलसहित विजयी हुनुभएको हो । कुल ३ हजार ३ सय ३ मत खसेकोमा १ हजार ३ सय ७९ मत प्राप्त गर्दै एमालेको प्यानल नै विजयी भएको छ । यसअघि काठमाडौं १ मा पनि एमालेले जितेको थियो ।

महानगरको मेयरमा बालेन साहसँग एमालेका केशव स्थापित पछि परेपनि उपमेयरमा सुनिता डंगोल भारी मतान्तरसहित अग्रता लिनुभएको छ ।