१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चट्याङ लागेर झापामा एकको मृत्यु


299
Shares

झापा । झापाको हल्दिवारीमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

आइतबार राति हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण हल्दिवारी गाउँपालिका–२ राई टोलका २६ वर्षीय भेना हस्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नाायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

आइतबार राति शौचालय जान घरबाट बाहिर निस्किएका उनलाई वर्षासँगै परेको चट्याङले लागेको र घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।