२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरको दर्शन


468
Shares

काठमाडौ । बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनी आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ ।

मोदी एक दिने नेपाल भ्रमणका लागि आज बिहान लुम्विनी आउनु भएको हो । भारतीय वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आइपुग्नु भएका मोदी भैरहवामा उहाँका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिनु भएको थियो । मोदीलाई हेलिप्याडमै पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्नु भएको थियो ।

भैरहवामा ओर्लिएपछि मोदी सिधै मायादेवीको मन्दिर तर्फ लाग्नु भएको थियो । मोदीले अशोक स्तम्भको पनि अवलोकन गर्नुभएको छ ।

मोदीले आजै लुम्बिनीमा गुम्बाको उद्घाटन गर्ने र बुद्ध जयन्त्रीका अवसरमा त्यहाा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।