७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


विराटनगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता


2.899k
Shares

विराटनगर। विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोईरालाले ५ हजार १८३ मतसहित अग्रता कायम गर्नुभएको छ ।

नेकपा एमालेका मेयरका उम्मेदवार सागर थापालाई पछि पार्दै कोईरालाले अग्रता कायम गर्नुभएको हो। विराटनगरमा जारी मत गणनामा स्थानीय निर्वाचन अधिकारीले दिएको जानकारी अनुसार कोइरालाले ५ हजार १८३ मतसहित अग्रता कायम गर्नुभएको छ ।

उहाँलाई पछ्याई रहनुभएका एमालेका थापाले ३ हजार ६६७ मत प्राप्त गर्नुभएको छ। साथै स्वतन्त्रका उम्मेदवार उमेश यादवले १ हजार ७३० मत प्राप्त गर्नुभएको छ। उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले ४ हजार १८२ मतसहित अग्रता लिइरहनु भएको छ ।

उहाँलाई पछ्याई रहनुभएका जनता समाजवादीका अमरेन्द्र यादवले ३ हजार ८३ मत प्राप्त गर्नुभएको छ ।