
सुनसरी । धरान उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्ममा मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
मेयरमा नेपाली कांग्रेसका किशोर राई ५ हजार १२१ मत प्राप्त गरि अग्रस्थानमा रहनु भएको छ । वडा नम्बर ७ सम्मको मतगणना सकिँदा राईलाई स्वतन्त्र उम्मेदवार सामाजिक अभियान्ता हर्क साम्पाङले कडा चुनौती दिनुभएको छ ।
हर्कले एमालेकी मेयरकी प्रत्यासी मन्जु भण्डारीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिनु भएको छ । सम्पाङ्ले ४ हजार ४५० मत प्राप्त गर्नु भएको छ भने एमालेकी भण्डारीले ४ हजार ४३४ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, उपमेयरमा नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघाले ५ हजार ७६० मत प्राप्त गरि अग्रस्थान कायम गर्नुभएको छ । एमालेका पदम इस्बोले ५ हजार ३९९ मत प्राप्त गर्नु भएको छ ।
धरान–७ को वडाअध्यक्षमा एमालेका जीवन सुवेदी निर्वाचित हुनु भएको छ । उहाँले ६८९ मत प्राप्त गरि विजयी हुनुभएको छ । उहााका निकटतम प्रतिद्वन्दी ५७२ मत प्राप्त गर्नुभएको छ ।
वडा सदस्यहरुमा कांग्रेसका सुमित लामा, रमिता श्रेष्ठ र एमालेका राजेशराज मोक्तान डेकुकुमारी विक विजयी हुनुभएका छन् ।
प्रतिक्रिया दिनुहोस्