१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंको तारकेश्वर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी


169
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी विजयी भएका हुन् । महर्जनले ११ हजार ९८८ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले ७ हजार ८०८ मत प्राप्त गरेर पराजित हुनुभएको हो।कांग्रेसबाट विजयी उपमेयर उम्मेदवार बुर्लाकोटीले १० हजार ७८६ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रत्यासी एमालेकी भवानी डोटेलले ८ हजार ६ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।