
पाँचथर । फाल्गुनन्द गाउँपालिकामा गुमाएको विरासत नेपाली काग्रेसले फर्काएको छ ।
२०७६ सालमा भएको उपनिर्वाचनमा एमालेले जितेको फाल्गुनन्दमा गुमाएको बिरासतमा कांग्रेसले फर्काएको हो ।
फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
पालिका अध्यक्षमा नेपाली कांग्रेसका विर्जहाङ आङदेम्बे विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका विरबहादुर कुरुम्बाङलाई १ हजार ९६ मतले पराजित गर्नुभएको हो । आङदेम्बे ५ हजार ७३९ मत प्राप्त गर्दा कुरुम्बाङले ४ हजार ६४३ मत मात्र प्राप्त गर्नुभयो ।
तत्कालीन फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएपछि २०७६ मा भएको उपनिर्वाचनमा बृजहाङ आङदेम्बे विरबहादुर कुरुम्बाङसँग पराजित हुनु भएको थियो ।
पालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ठाकुरसिङ नेम्बाङ बिजयी हुनुभएको छ । नेम्बाङले जनता समाजबादी पाटीकी बबिता नेम्बाङलाई हराउँदै बिजयी हुनुभएको हो ।
ठाकुरले ५ हजार १०१ सय मत प्राप्त गर्दा बबिताले ४ हजार ४४३ मत मात्र प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्