
काठमाडौं। बागलुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी हुनुभएको छ।
सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १२ हजार ८ सय ५ मत प्राप्त गरेर विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तथा निर्वतमान नगरप्रमुख जनकराज पौडेलले ६ हजार २ सय ८४ मत प्राप्त गरेर पराजित हुनुभएको छ।
श्रेष्ठले पौडेललाई ५ हजार ५ सय २१ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो। २०७४ सालको स्थानीय तह निर्वाचनमा पौडेलले श्रेष्ठलाई २ हजार २ सय ९५ मत अन्तरले पराजित गर्नुभएको थियो। नगरपालिकाको उपमेयरमा गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रका राजु खड्का विजयी हुनुभएको छ।
खड्काले १० हजार ९ सय ९८ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार सञ्जय खड्काले ६ हजार ६ सय ४५ मत प्राप्त गर्नुभएको हो।
प्रतिक्रिया दिनुहोस्