२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ललितपुरको बालकुमारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


884
Shares

काठमाडौं । ललितपुरको बालकुमारीमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३–प–०४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका नाम थर ठेगाना नखुलेका अन्दाजी ३० वर्षीय युवकलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका युवकको उपचारको क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।