
बर्दिया । बाँसगढी नगरपालिकाको मेयर, उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
नगरपालिकाको मेयरमा एमालेका खड्ग बहादुर खड्का र उपमेयरमा एमालेकै इन्दिरा चौधरी विजयी भएका हुन् ।
मेयरमा खड्काले १० हजार ९४७ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका भवनकुमार थारुले ९ हजार ८४३ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसका सविन कुमार थारुले ७ हजार ३ सय १९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, उपमेयरमा पनि एमालेकी चौधरी विजयी हुनु भएको छ । उहाँले १० हजार ६७९ मत ल्याएर विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी माओवादीकी भोमी बिटालुले ८ हजार १९७ र कांग्रेसका आकाश थारुले ८ हजार १८२ मत प्राप्त गर्नुभएको छ ।
२०७४ स्थानीय तहको निर्वाचनमा पनि मेयरमा एमाले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्