२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतको आसाममा बाढीमा परेर ८ जनाको मृत्यु


182
Shares

एजेन्सी । भारतको आसाममा आएको बाढीमा परेर ८ जनाको मृत्यु भएको छ । हजारौं विस्थापित भएका छन् ।

भारतका कयौं राज्यहरूमा उच्च तापक्रमका कारण जनजीवन अस्तव्यस्त भइरहँदा आसाममा भने वर्षापछि बाढी आएको हो ।

बाढीले सयौं घर डुबानमा पारेको छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारी वर्षाका कारण हवाई सेवा बन्द भएकाले हजारौं यात्रु अलपत्र परेका छन् ।