
सुनसरी । धरान उपमहानगरपालिका वडा नम्बर २० काे मतगणनास्थलमा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताले नाराबाजी गरेका छन् ।
वडाकाे मतगणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले विरोध जनाएको हाे ।
माओवादी कार्यकर्ताहरूले मतदान अधिकृतको विरोध गर्दै मतगणना स्थल पब्लिक स्कुलमा तोडफोड गरेका छन् ।

मतदान अधिकृतको हस्ताक्षर नभएकाे मतपत्र सदर गर्नुपर्ने उनीहरूकाे माग छ । अहिले पनि उनीहरूले नाराबाजी गरिरहेका छन् ।
माओवादी केन्द्रका धरान सह–इन्चार्ज सुदर्शन श्रेष्ठले निर्वाचनमा खटिएका कर्मचारीले चरम लापरबाही गरेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।

हस्ताक्षर नगरिएका मतपत्र सदर नगरेको अवस्थामा धरान–२० मा पुनः मतदान गर्नुपर्ने उहाँकाे भनाइ छ ।
नाराबाजी र मतगणनास्थल तोडफोडसँगै धरानको मतगणना स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्