
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र सेलपेवीच स्मार्ट क्यूआर भुक्क्तानी सेवाका लागि सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड एससीटी तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती प्राप्त सेलकम प्रालि (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सन्चालनको लागी सम्झौता सम्पन्न भएको हो ।
स्मार्टच्वाईस टेक्नोलोजिजको काठमाडौंको गैरीधारास्थित केन्द्रीय कार्यालयमा हालै आयोजित एक कायृक्रमकाबीच उक्त संझौता भएको हो । संझौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीले हस्ताक्षर भएको थियो । सम्झौता अनुसार, सेलपे प्रयोगकर्ताले सेलपे मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन भने सेलपे मार्फत बिभिन्न ब्यापार—ब्यवसायमा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् ।
बिगत २० वर्षदेखि कार्ड लगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय सेलपेवीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्