१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेत्री प्रियंकाको अनुहारमा चोट देखेपछि प्रशंसकहरु चिन्तामा !


21.45k
Shares

एजेन्सी । बलिउड एवं हलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालमा अनुहारमा चोट लागेको तस्वीर सार्वजनिक गरेपछि उनका प्रशंसकहरू चिन्तामा परेका छन् ।

प्रियंकाले आफ्नो गाडीमा खिचेको सेल्फिमा उनको अनुहारमा चोट देखिएको छ , साथै उनको नाक र ओठबाट रगत बगेको छ । यो तस्वीर प्रियंकाले सामाजिक सञ्जालमा इन्टाग्राममा राखेपछि के कारण उनको अनुहारमा चोट लाग्यो भनेर उनका प्रशंसकले चिन्ता व्यक्त गरेका हुन् । प्रियंकाले उक्त तस्वीरमा लेखेकी छिन्,‘ के तपाँईको पनि काममा एक कठिन दिन थियो ?’ यसको साथै स्माइली पनि पोष्ट गरेकी थिइन् । उनका कति प्रसंशकले उनको उक्त तस्वीरलाई उनको आउँदो बेव सिरिज चिटाडेलको सेटको समेत हुन सक्ने अनुमान गरेका छन् । तर उनले भने स्पष्ट पारेकी छैनन् ।

प्रियंका लामो समयपछि बलिउडमा फर्किने भएकी छन् । उनी आउँदो फिल्म ‘जि ले जरा’ मा क्याट्रीना कैफ र आलिया भट्टसँग एकैसाथ देखिने भएकी छिन् । प्रियंकाको यस फिल्मलाई निर्देशक फरहान अख्तरले निर्देशन गर्ने भएका छन् ।