
डोल्पा । डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार छोइदेल गुरुङ निर्वाचित भएका छन् ।
गुरुङ ५३५ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका तेम्वा गुरुङले ३०२ मत प्राप्त गरेका थिए । नेकपा एकीकृत समाजवादीले टिकट नदिएपछि छोइदेल खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।
उपाध्यक्षमा भने समाजवादीका पेम्वा धोर्चे गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्