१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रामेछापका आठमध्ये पाँच पालिकाको मतपरिणाम सार्वजनिक


819
Shares

रामेछाप । जिल्लाको ४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका र सुनापति गाउँपालिकाको मतपरिणमा सार्वजनिक भएको हो ।

त्यसबाहेक अन्य ४ पालिकाको भने परिणाम भने आउन बाँकी रहेको छ । बुधबार रातिसम्म सबैको मतपरिणमा आइसक्ने निर्वाचन अधिकृतको कार्यालयको जनाएको छ ।

४ पालिका मध्ये रामेछाप नगरपालिकाको प्रमुखका कांग्रेसका लबश्री न्यौपानेले ६ हजार ६ सय ३९ ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका रोसन पाख्रिनले ५ हजार ९ सय ८६ मत प्राप्त गर्नुभयो ।

गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका काजीबहादुर खड्काले ६ हजार ९३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतस्पर्धी एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७ सय १० मत मात्र प्राप्त गर्नुभयो ।

उता, लिखु तामाकोशी गाउँपालिकाको अध्यक्ष कांग्रेसका केशव महतले ५ हजार १ सय १२ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका कमल कडरियाले ४ हजार ८ मत प्राप्त गर्नुभएको थियो ।

उमाकुण्ड गाउँपालिकामा बहुमत वडासहित एमाले र सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित ४ वडामा नेकपा माओवादी केन्द्रले जितेको छ ।

त्यसैगरि, सुनापति गाउँपालिकाबाट अध्यक्ष पदमा निर्वाचित माओवादी केन्द्रका ठुलाकान्छा तामाङ्गले ५ हजार ३ सय ९८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका कमान खड्का दिपेन्द्रले ४ हजार ८ सय ५२ मत प्राप्त गर्नुभयो ।

त्यस बाहेक परिणाम आउन बाँकी चार पालिकामध्ये मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उमेद्वारहरूको अग्रता कायम रहेको छ ।

त्यसैगरि दोरम्बा सैलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यय पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।