२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सरकार निर्वाचनमा लिप्त, विद्यार्थीहरू पाठ्यपुस्तकविहीन


156
Shares

काठमाडौं । सरकारले पाठ्यपुस्तक छपाईमा गरेको ढिलासुस्ती र हेलचेक्राँइले देशभरका माध्यामिक तहमा अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।

जेठ ५ गतेबाट शैक्षिक सत्र शुरु हुने भए पनि पाठ्यपुस्तक छपाई र वितरण अवरुद्ध छ । सरकारले कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक लागू गरेको छ ।

तर, पाठयक्रम परिवर्तन गरिएका पुस्तक छपाइमा ढिलाई हुँदा विद्यार्थी र शिक्षक अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्योलमा छन् ।

स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरू बताउँछन् ।

अबका ३ महिनासम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताउनुभयो ।

सरकारले यो वर्ष निर्वाचन हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाइमा हेलचेक्राँइ गरेको शैक्षिक क्षेत्रका जानकारहरू बताउँछन् ।