२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अहिलेसम्म ५ सय ३२ पालिकाको मत परिणाम सार्वजनिक


2.431k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ५३२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक मत परिणाममा नेपाली कांग्रेसले २४० वटा स्थानीय तहमा विजयी हासिल गरेकाे छ । नेकपा एमालेले १५४ पालिका विजयी भएकाे छ । त्यस्तै नेकपा माओवादी केन्द्र १ सय पालिकामा विजयी भएको छ। जनता समाजवादी पार्टी जसपाले १२ स्थानिय तहमा विजयी हासिल गर्दा नेकपा एकीकृत समाजवादीले ९ पालिकामा विजयी हासिल गरेको छ ।

यसैगरि लोकतान्त्रिक समाजवादी पार्टी लोसपा १ ठाउँमा विजयी हुँदा १६ पालिकामा अन्य साना दल तथा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये कांग्रेस ८० ठाउँमा अगाडि छ भने एमाले ४१ ठाउँमा अगाडि छ । त्यस्तै माओवादी केन्द्र १८, जसपा २२, एकीकृत समाजवादी ११, लोसपा ११ तथा स्वतन्त्र तथा अन्य उम्मेदवारहरु १५ ठाउँमा अगाडि रहेका छन् ।