
सुनसरी । विवादको कारण बुधबार दिउँसोदेखि स्थगित भएको धरान उपमहानगरपालिकाको मतगणना कार्य सुचारु भएको छ ।
आज बिहान करिब पौने ९ बजेदेखि मतगणना कार्य सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
धरान–२० मा १८ मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइए पश्चात् नेकपा माओवादी केन्द्रले अवरोध गरेपछि मतगणना स्थगित भएको थियो ।
धरान–२० को मत परिणामलाई यथास्थितिमा राखेर अन्य वडाको मत गणना सुचारु गर्ने राजनैतिक सहमति भएपछि मतगणना सुरु गरिएको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो ।
अहिले धरान ८, १२, १९, १४ र १३ नम्बर वडाको मत गणना गर्ने सहमति भएको माओवादीका नेता नवीन खत्रीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्