१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हेटौंडा उपमहानगरमा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै


2.626k
Shares

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामाले अग्रता कायम नै राख्नु भएको छ ।

५१ हजार १११ मतको गणना सकिँदा लामाले १५ हजार ८२६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेका अनन्त पौडेलले १४ हजार ९७६ मत तथा राप्रपाका दिपक बहादुर सिंहले १४ हजार ४१७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले २३ हजार २ मत प्राप्त गर्नुभएको छ भने एमालेकी सुमित्रा काफ्लेले १६ हजार ७३५ मत तथा राप्रपाकी इन्दिरा नेउपानेले ३ हजार ५९४ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार हाल वडा नं ७, ८, १३ र १४ नं. को मतगणना भइरहेको र अब बाँकी रहेको वडा नं ९, १०, ११, १२ नं. को मतगणना सुरु हुने जानकारी दिएको छ ।