
काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई उछिन्नु भएको छ ।
पोखरा महानगरमा बिहीबार बिहानसम्म ५० हजार ११७ मतगणना हुँदा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले २० हजार ७४९ मत पाउनु भएको छ । यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत प्राप्त गर्नुभएको छ ।
उपमेयर पदमा भने एमालेकी गुरुङले २० हजार ९७७ मत पाउँदै अग्रता लिनु भएको छ । कांग्रेसकी उम्मेदवार रानाभाटलाई २० हजार ९६३ मत प्राप्त गर्नुभएको छ ।
१२ वडाको मतगणना सकिँदा कांग्रेस ९ र एमाले ३ वडामा विजयी भएको छ ।
प्रतिक्रिया दिनुहोस्