
काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल विजयी हुनुभएको छ ।
यसैगरी उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली कांग्रेसका कपिल कोइराला विजयी बन्नु भएको छ ।
अध्यक्षमा दाहालले ५ हजार ३७६ मत ल्याएर विजय हासिल गर्नुभएको हो । दाहालका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका
गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल सिन्धुलीको सुनकोसी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको छ । रोमनराज गिरीले ५हजार ९८ मत ल्याउनु भएको थियो । अध्यक्षमा निर्वाचित दाहाल सोही गाउँपालिकाको निवर्तमान अध्यक्ष हुनुहुन्छ ।
उपाध्यक्षमा गठबन्धनबाट निर्वाचित कोइरालाले ६ हजार ५९४ मत प्राप्त गर्नु भएको छ । कोइरालाका निकटतम प्रतिस्पर्धी एमालेकी हेमा अधिकारीले ३ हजार ९५८ मत प्राप्त गर्नुभएको थियो । ७ वडा रहेको सुनकोसीमा ४ वटा वडा कांग्रेस, २ वटा वडा माओवादी र एउटा वडा एमालेले जितेको छ । वडा नम्बर १ देखि ४ सम्म कांग्रेस, ५ र ६ माओवादी केन्द्र र ७ मा एमालेले जितको छ ।
प्रतिक्रिया दिनुहोस्