
बर्दिया । बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
माओवादी केन्द्रका हिमालय त्रिपाठी ९ हजार ३६७ मत सहित अध्यक्ष पदमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लाल बहादुर श्रेष्ठले ८ हजार ३०८ मत ल्याउनुभयो ।
यसैगरी, उपाध्यक्षमा एमालेकी लक्ष्मी कुमारी अधिकारीले ८ हजार ८८५ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पबित्रा अर्यालले ८ हजार ३१५ मत ल्याउनुभयो ।
यो सँगै बर्दिया जिल्लाभरको मत परिणाम सार्बजनिक भएको छ । जिल्लाका ५ पालिकाको नेतृत्वमा कांग्रेस, २ पालिकाको नेतृत्वमा माओवादी केन्द्र र १ पालिकाको नेतृत्वमा एमालेले गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्