१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


श्रीलंकाको दुतावासमा बुद्ध जयन्ती


273
Shares

काठमाडौं । २५६६ औं बुद्ध जयन्तीको अवसरमा नेपालस्थित श्रीलंकाको दुतावासमा बुद्ध जयन्ती मनाइएको छ ।

अखिल नेपाल भिक्षु महासंघको उपस्थितिमा दुतावासले बुद्ध जयन्ती मनाएको हो । भिक्षुहरुले बुद्ध बन्दना गरेर पञ्चशिल प्रार्थनासमेत गर्नु भएको थियो । सिंहल र नेपाली भाषामा भिक्षुहरुले धम्म देशना गर्नु भएको थियो ।

सो अवसरमा नेपालका लागि श्रीलंकाका राजदुत हिमाली अरुणातिलकाले बुद्ध धर्म नेपाल र श्रीलंकाबीचको मित्रताको आधार स्तम्भ भएको बताउनु भयो ।

उहाँले यही प्राचिन बुद्ध धर्म मार्फत मित्रताको सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिनु भयो ।

बौद्ध राष्ट्र श्रीलंकाले प्रत्यक वर्ष बुद्ध जयन्ती नेपालमा मनाएता पनि कोरोनाका कारण विगत दुई वर्षमा बुद्ध जयन्ती स्थगित भएको थियो ।