
काठमाडौं । पाहुना टोली युगान्डाले नेपालविरुद्धको महिला टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार तेस्रो टी–ट्वान्टीमा नेपाललाई ६ विकेटले हराउँदै युगान्डाले दुई खेल अगाबै सिरिज जितेको हो ।
जितसँगै युगान्डाले ५ खेलको सिरिजमा ३–० को अग्रता बनाएको छ ।
नेपालले दिएको १ सय रनको लक्ष्य युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
उसको जितमा केभिन विनोले अविजित रहदै ४२ रन जोडिन् । यस्तै जेनेट बाबाजीले २७ रन जोडिन् ।
नेपालकी कविता कुँवरले २ विकेट लिईन् । रुबिना क्षेत्री र इन्दु वर्माले १/१ विकेट लिइन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन जोडिन् ।
यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोडिन् । सिता राना मगर १२ रनमा आउट भइन् ।
युगान्डाकी फियोना कुलुमी, कुन्सी वेको र सराह एकीटेङले २/२ विकेट लिए ।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शुक्रबार चौथो र शनिबार अन्तिम टी–ट्वान्टी खेल्न खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्