
काठमाडौं । देशका ११ वटा उपमहानगरपालिकामध्ये ९ वटामा मतगणना जारी रहेको छ ।
दाङको घोराही र बाराको जितपुर सिमरा उपमहानगरमा भने अन्तिम मत परिणाम आईसकेको छ । घोराहीमा नेकपा एमालेका नरुलाल चौधरी तथा जितपुर सिमरामा माओवादीका राजन पौडेल निर्वाचित भएका छन् । मतगणना जारी रहेका ठाउँहरुमध्ये ५ ठाउँमा गठबनधनका उम्मेदवारले अग्रता लिंदा एक ठाउँमा एमाले तथा तिन ठाउँमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन्।
बाराको कलैया उपमहानगरमा नेकपा एमालेका विनोदप्रसाद साह १८ हजार ३९ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने कांग्रेसका राजेश राय यादव १३ हजार १ सय ७३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । मकवानपुरको हेटौंडामा गठबन्धनकी उम्मेदवार एकीकृत समाजवादीकी मिना लामाले १९ हजार ९ सय ६४ मत प्राप्त गर्नुभएको छ । एमालेका अनन्त पौडेल १८ हजार १ सय ९२ मतसहित दोस्रो स्थानमा रहदा राप्रपाका दिपक सिंह १७ हजार ५ सय ६० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।
सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले २० हजार ७ सय ७३ मत ल्याउदा एमालेका यामकुमार सुब्बाले १७ हजार ५ सय ५२ मत पाउनुभएको छ । सुनसरीकै धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राईले ९ हजार २ सय ९५ मत ल्याउदा नेपाली कांग्रेसका किशोर राईले ९ हजार २२ मत प्राप्त गर्नुभएको छ । कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १७ हजार ७३ मतका साथ शीर्ष स्थानमा रहदा कांग्रेसका नृपबहादुर वड ८ हजार ५ सय २० मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ।
बाँकेको नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्टले २१ हजार ६ सय ७८ मतका साथ अग्रता लिंदा एमालेका पशुपतीदयाल मिश्रा १० हजार ९ सय ९२ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ। रुपन्देहीको बुटवलमा कांग्रेसका खेलराज पाण्डेले २२ हजार ७ सय ७२ मत ल्याउदा एमालेका बाबुराम भट्टराई १६ हजार ५ सय २० मतसहित दोस्रोमा हुनुहुन्छ। दाङको तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसका गेहेन्द्र गिरीले ६ हजार ६ सय ५७ मतसहित अग्रता बनाउदा एमालेका टिकाराम खड्का ६ हजार ३ सय ९३ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ।
यसैगरि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोकुमार साह सुडी ५ हजार ४ सय ४८ मतसहित पहिलो स्थानमा रहदा नेकपा एमालेका शिवशंकर साह ३ हजार ४ सय९६ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्