१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गुल्मीका १२ स्थानीय तहका जनप्रतिनिधिको सपथ ग्रहण


143
Shares

गुल्मी । जिल्लामा स्थानीय तहका नवनिर्वाचित जनप्रतिधिहरूले पाँच वर्षे कार्यकाल सकिएकै दिन सपथ ग्रहण गरेका छन् ।

दुई नगरपालिका र १० वटा गाउँपालिकाका स्थानीय तहका प्रमुख एवं अध्यक्षले मुख्य निर्वाचन अधिकृतको राधाकृष्ण उप्रेतीबाट सपथग्रहण गरेका हुन् ।

स्थानीय तहका प्रमुख एवं अध्यक्षले मुख्य निर्वाचन अधिकृतबाट सपथ लिने संवैधानिक व्यवस्था छ ।

उप–प्रमुख, उपाध्यक्ष तथा वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुला सदस्यहरूलाई भने प्रमुख वा अध्यक्षले सपथ ग्रहण गराउनेछन् ।