२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान


91
Shares

काठमाडौं । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले वर्षे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

बिहीबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले जेठ १३ गते विहान ११ बजे वर्षे अधिवेशन आह्वानको लागि सिफारिस गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरूलाई उपचार खर्च स्वरूप ५० हजार रुपैयाँ दिने गरी कार्यविधि पारित गरेको छ ।

सरकारले यसअघि नै हृदयघात, मस्तिस्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग लागेका विरामीहरूलाई उपचारको लागि ५० हजार दिने निर्णय गरेको थियो ।

त्यसैगरी सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत बृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको छ ।