
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले शिक्षाको लागि देश बाहिर पुग्ने रकम रोक्नलाई देशमै गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पुनले विदेश पढ्न जानेले पैसा लिएर जाँदा विदेशी मुद्रा सञ्चितिमा समस्या भएको बताउनुभयो ।
उहाँले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । देशमा गुणस्तरीय शिक्षा भएमा विदेशी मुद्रा सञ्चितिमा सुधार गर्ने उहाँको भनाइ छ ।
‘शिक्षामा विदेश गएको रकम गत वर्ष २१ अर्ब रहेछ, यो वर्ष त्यो बढेर २४ अर्ब पुगेको छ,’ उहाँले भन्नुभयो, ‘विश्वविद्यालयस्तरको शिक्षालाई गुणस्तरीय बनाउने बित्तिकै हाम्रो शिक्षाको गुणस्तर बढ्छ र विदेशी मुद्राको सञ्चिति लगायत धेरै कुरा एकै साथ सुधार गर्छ ।’
प्रतिक्रिया दिनुहोस्