
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ र उपमेयरमा नेपाली कांग्रेसकी लक्ष्मी महर्जन विजयी भएका छन् ।
नेकपा एमालेका मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठले ९ हजार ३ सय ५० मत प्राप्त गरेर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका मेयरमा उम्मेदवार शिव कट्टेलले ५ हजार ६ सय ५८ मत प्राप्त गरेर पराजित हुनुभएको हाे ।
साथै नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार नकुल थापाले ३ हजार ८ सय ९१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राप्रपाका मेयरका उम्मेदवार प्रविण खत्रीले २ हजार ५ सय ९३ मत प्राप्त गर्नुभएकाे छ।
साेही नगरपालिकाकी उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी हुनुभएको छ। उहाँले ९ हजार ५ सय ९१ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी बिना सुवेदीले ८ हजार ६ सय ८३ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ।
नगरपालिकाका वडाध्यक्षतर्फ नेकपा एमालेका छिरिङ लामा इमाडोल-१, ध्रुव खत्री इमाडोल-२, कुवेर केसी इमाडोल-३, अमृत खत्री इमाडोल-४, विश्वराज श्रेष्ठ लुभु-८, र विजय लामा लाकुरी भञ्ज्याङ-१०, मा विजयी भएका छन्। नेपाली कांग्रेसका कपिल केसी टिकाथली-५ , र ८ बाबुराजा महर्जन-७, टिकाथली र जयकृष्ण बोगटी लामाटार-९ मा विजयी भएका छन्।
साथै नेकपा माओवादी केन्द्र सिद्धिपुरका-६ मा धर्म महर्जन विजयी हुनुभएको छ।
प्रतिक्रिया दिनुहोस्