
एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको आरोप लगाउनुभएको छ ।
लण्डनमा शुक्रबार आयोजित एक सम्मेलनमा उहाँले प्रधानमन्त्री मोदी र केन्द्र सरकारको आलोचना गर्दै भारतमा स्वतन्त्र अभिव्यक्तिको कदर हुन छाडेको बताउनुभयो ।
‘भारत बोल्न नपाउने देश बन्न सक्दैन, स्वतन्त्र रूपमा बोल्न पाउनुपर्छ प्रधानमन्त्रीमा ‘म सुन्न चाहन्छु,’ भन्ने मनोवृत्ति हुनुपर्छ,’ प्रधानमन्त्री मोदी, भारतीय जनता पार्टी र राष्ट्रिय स्वयम् सेवक सङ्घलाई आक्रमणको निशाना बनाउँदै उहाँले भन्नुभयो ।
अवसरहरूमा सबैको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिँदै गान्धीले कर्मअनुसार सबैको समान पहुँच हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो ।
५१ वर्षीय नेता गान्धीले थप्नुभयो, ‘दलित होस् वा ब्राह्मण समान व्यवहार र अवसर उसले पाउनुपर्छ ।’
भारतीय लोकतन्त्र विश्वकै लागि महत्वपूर्ण रहेको र त्यो विश्वव्यापी जनहितका निम्ति भएको बताउँदै उहाँले लोकतन्त्रलाई व्यवस्थित गर्न नसके त्यसले समस्या निम्त्याउने तर्क गर्नुभयो ।
यो यथार्थलाई संयुक्त राज्य अमेरिकाले महसुस गरिरहेको पनि नेता गान्धीले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्