
काठमाडौं । भारतको बिहार राज्यमा शुक्रबारदेखि परेको भारी वर्षासँगै आएको आँधी र चट्याङमा परि ३३ जनाको मृत्यु भएको छ ।
वर्षाका कारण राज्यका थुप्रै जिल्ला प्रभावित भएका छन् भने अत्याधिक क्षति पुगेको छ । मुख्यमन्त्री नीतिश कुमारले मृतकका परिवारलाई ४ लाख आर्थिक सहयोगको घोषणा गर्नुभएको छ ।
भारी वर्षा र आँधीबाट प्रभावितहरुको तथ्याङ्क संकलन तीव्र पारिएको र उनीहरूको परिवारलाई सहयोग उपलब्ध गराउने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
राज्यका थुप्रै जिल्लामा रुख र बिजुलीको पोल ढल्दा सडक तथा विद्युत अवरुद्ध भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय प्रशासनलाई उद्धार र राहत वितरणलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ ।
पटनाको मौसम विभागले आगामी दुई दिनसम्म बिहारका थुप्रै क्षेत्रमा तीव्र गतिमा आँधी आउने पूर्वानुमान गरेको छ । पश्चिमी चम्पारण, मुजफ्फरपुर, मधुबनी र सीतामढी लगायतका थुप्रै जिल्लामा हाई अलर्ट जारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्