
नवलपुर । पूर्वपश्चीम राजमार्ग अन्तरर्गत नवलपुरको बर्दघाटमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
शनिबार गोरखाबाट लुम्बिनी गएर फर्कँदै गरेको ग १ ख ५८९२ नम्बरको तीर्थयात्री सवार बस बर्दघाट नगरपालिकाको खुर्सानी खोलामा दुर्घटना भएको हो ।
घाइतेको स्थानीय चिसापानी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय बर्दघाटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्