१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी उपमन्त्रीद्वारा तिब्बती शरणार्थी समुदायसँग भेट


1.482k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी तिब्बत मामिलाका विशेष संयोजक उज्रा जियाले काठमाडौंमा रहेका तिब्बती शरणार्थी र समुदायसँग पनि भेट गर्नुभएको छ ।

भेटमा तिब्बती शरणार्थी समस्याहरूको विषयमा छलफल भएको छ । साथै जियाले बौद्व चैत्यको दर्शन समेत गर्नुभयो ।

सोही अवसरमा बाैद्व लामा गुरूहरू र बौद्धनाथ स्तुपा विकास समिति तर्फबाट उहाँलाई उपहार समेत प्रदान गर्नुभयो।

नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री समेत रहेकी जिया ४ सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार काठमाडौं आउनुभएको हो ।

जियाले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री, गृहमन्त्री, मानवअधिकारकर्मी तथा नागरिक समाजलगायत सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तिब्बतीहरूको मानवअधिकार, धार्मिक, भाषिक र सांस्कृतिक पहिचानकालागि पैरवी गर्न उहाँलाई जिम्मेवारी दिइएको छ ।