१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रौतहटको माधवनारायण नगरको प्रमुखमा कांग्रेसका यादव विजयी


286
Shares

रौतहट । जिल्लाको माधवनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बैजनाथप्रसाद यादव विजयी हुनुभएको छ ।

यादवले ४ हजार २८८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीकी निर्मलादेवी रमण ३ हजार १६९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

वडानम्बर १ को अध्यक्ष पदमा नेकपा (एमाले)का शैलेन्द्र ब्याहुत, २ मा नेकपा (एकीकृत समाजवादी)का रामविश्वासप्रसाद साह, ३ मा एमालेका राजकुमार राय यादव, ४ मा नेकपा (माओवादी केन्द्र)का रामदेवी मुखिया, ५ मा एकीकृत समाजवादीका नरेन्द्र सहनी विजयी भएका छन् ।

यस्तै, वडा नम्बर ६ मा एकीकृत समाजवादीका रामनरेश राय यादव, ७ मा जसपाका दिलिपकुमार यादव, ८ मा कांग्रेसका योगेन्द्र प्रसाद महतो र ९ नम्बर वडामा लोकतान्त्रिक समाजवादी पार्टीका रामकिसोर साह विजयी हुनुभयो ।