१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इटहरी उपमहानगरपालिकामा कांग्रेसका हेमकर्ण पौडेल विजयी


338
Shares

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी हुनुभएको छ ।

पौडेल ३३ हजार ४९ मत ल्याएर विजय हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका यामकुमार सुब्बाले २८ हजार ३१ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा भने एमालेकी संगीताकुमारी चौधरी ३२ हजार ४ सय ३६ मतसहित विजयी हुनुभएको छ ।

उपमेयरमा नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवार केशवकुमार विष्टले १८ हजार ३१ प्राप्त गर्नुभयो ।

सुनसरीकै धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राईले १६ हजार २६ सहति अग्रता लिईरहनु भएको छ । उहाँँलाई नेपाली कांग्रेसका किशोर राईले १३ हजार १ सय ८२ मतसहित पछ्याइरहनु भएको छ ।

यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले ९ हजार १ सय १४ मतसहित अगाडि हुनुहुन्छ भने उहाँलाई एमाले उम्मेदवार शिवशंकर साहले ७ हजार १ सय ९३ मतसहित पछ्याईरहनु भएको छ ।

दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमालेका टीकाराम खड्काले १३ हजार ८ सय ४३ मतसहित अग्रता बनाईरहनु भएको छ भने उहाँलाई कांग्रेसका गेहेन्द्र गिरिले १३ हजार ३ सय ४५ मतसहित पछ्याईरहनु भएको छ ।

उता, सुदूरपश्चिमsf] राजधानी धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २५ हजार २१ मत सहित अगाडि हुनुहुन्छ । दोस्रो स्थानमा रहेका कांग्रेसका नृपबहादुर वडले १३ हजार ५१ मत मात्रै प्राप्त गर्नुभएको छ ।