२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिकाको गेलार्ड शहरमा आँधीका कारण एकको मृत्यु, ४० घाइते


195
Shares

काठमाडौं । अमेरिकाको मिशिगन राज्यको गेलार्ड शहरमा आँधीमा परी एक जनाको मृत्यु भएको छ भने ४० जना घाइने भएका छन् ।

४ हजार २ सयको बसोबास रहेको यो शहरमा आँधीका कारण अधिकांश घरका छाना उडाएपछि सयौं विस्थापित भएका छन् ।

तेज गतिमा आएको आँधीले सडकमा रहेका सवारीसाधान समेत पल्टेकाले ४० जना घाइते भएका हुन् ।

गेलार्ड शहरका सम्पूर्ण रुखहरू र बिजुलीका पोल समेत ढलेका छन् । यातायात सेवा अवरुद्ध हुनुका साथै बिजुली आपुर्ती समेत बन्द भएको छ ।

गेलार्ड शहरका मेयर टाड शराडले घाइतेहरूको उपचार भइरहेको बताउँदै प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको जानकारी दिनुभयो ।

सो शहरमा केही दिनदेखि भारी वर्षा जारी रहँदा आँधी आएको हो ।