१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


६ सय ९८ स्थानीय तहको मतगणना सम्पन्न

अहिलेसम्म कांग्रेस ३ सय ९ तथा एमाले १ सय ९० पालिकामा विजयी

1.001k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये ६ सय ९८ पालिकाको अन्तिम परिणाम घोषणा भएको छ ।

हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३०९ पालिका प्रमुख जितेको छ भने २८२ पालिकाको उपप्रमुख पनि जितेको छ ।

नेकपा एमालेले १९० पालिका प्रमुख र २१५ उपप्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्र १ सय १९ पालिका प्रमुखमा विजयी हुँदा १२३ उपप्रमुख जितेको छ ।

यसैगरी, जनता समाजवादी पार्टी (जसपा) ले २६ पालिका प्रमुख र २९ उपप्रमुख आफ्नो पक्षमा पारेको छ । नेकपा एकीकृत समाजवादीले १७ पालिका प्रमुख र २१ उपप्रमुख जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका प्रमुख र ९ उपप्रमुख जितेको छ भने राप्रपा, जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले ४–४ पालिका प्रमुख जितेका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १५ पालिका प्रमुख जितेका छन् ।

मतगणना भइरहेको पालिकामध्ये कांग्रेस १८ ठाउँमा अगाडि छ भने एमाले १५ ठाउँमा अगाडि छ । यस्तै माओवादी केन्द्र २, जसपा ६, एकीकृत समाजवादी २, लोसपा ५ र अन्यले ५ पालिकामा अग्रता लिएका छन् ।