
काठमाडौं । इजरायलले पेलेस्टाइनी विरुद्ध चलाएको आतंकबाद विरोधी अभियानका क्रममा वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर एक युवकको मृत्यु भएको छ । घटनामा एक युवक घाइते भएका छन् ।
पेलेस्टेनी स्वास्थ्य मन्त्रालयका अनुसार वेष्ट बैंकको जेनिन शहरमा १७ वर्षीय एक युवकलाई गोली हानी हत्या गरेको भन्दै सो क्षेत्र तनावग्रस्त बनेको छ ।
सो शहरमा रहेको शरणार्थी शिविरमा पछिल्लो समय इजरायली सेनाले तैनाथ बढाएपछि पेलेस्टाइनी र इजरालयीबीच झडप हुन थालेको छ ।
झडपकै क्रममा दुवैतर्फ थुप्रै घाइते भएका छन् । जेनिन शहरको शरणार्थी शिविर बाहिर इजरायली सेनाले गस्ती बढाउँदै लगेको विषयमा भने इजरायलले सो शहरमा आतंकबाद विरोधी अभियान सञ्चालन गरेको प्रप्ट पारेको छ ।
यसैबीच, सिरियाको राजधानी दमास्कसमा इजरायली सेनाले गरेको मिसाइल आक्रमणमा ३ जनाको मृत्यु भएको छ । आक्रमणका कारण सो शहरमा रहेका केही भवनहरू भत्केका छन् ।
प्रतिक्रिया दिनुहोस्