
पोखरा । पोखरा महानगरपालिकामा मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जु देवी गुरुङको अग्रता कायमै छ ।
आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ३ हजार २६० मत अन्तरले पछि पार्नु भएको छ ।
एक लाख १ हजार १२१ मत गणना हुँदा आचार्यले ४० हजार ४३४ र थापाले ३७ हजार १७४ मत पाउनु भएको छ ।
यसैगरी, उपमेयरमा एमालेकी गुरुङले कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट भन्दा १ हजार ६१२ मत बढी पाउनु भएको छ । मञ्जुले ४२ हजार ३१६ र कोपिलाले ४० हजार ७०४ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्