१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुरमा रेनु दाहालको अग्रता कायमै


1.352k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ ।

हालसम्म ९२ हजार १२८ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीसँग ७ हजार ८५४ मतको अग्रता लिनुभएको छ ।

दाहालले ३६ हजार २७२ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले २८ हजार ४१८ मत पाउनु भएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ९४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाउनु भएको छ ।