
काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहको अग्रता कायमै रहेको छ ।
मतगणनामा सुरुवाती अग्रता लिएका साहले त्यसलाई कायमै राखेका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार साहले ४० हजार ६०५ मतका साथ अग्रता लिनु भएको छ । साहलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २३ हजार ३३४ मतका साथ पछ्याइरहनु भएको छ । यस अघि साहपछि दोस्रो नम्बरमा रहनु भएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा पुग्नु भएको छ । तेस्रो नम्बरमा रहनु भएकी सिर्जना अहिले दोस्रो नम्बरमा उक्लेर साहलाई पछ्याइरहनु भएको छ ।
त्यसैगरी उपमेयरमा भने नेकपा एमालेबाट उम्मेदवार बन्नु भएकी सुनिता डंगोल आफ्ना प्रतिस्पर्धी भन्दा तेब्बर मतले अगाडि रहनु भएको छ । डंगोलको ४० हजार ५२४ मत आउँदा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ६३७ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौंमा १ लाख ९१ हजार १८६ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्