१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हेटौंडा उपमहानगरका नवनिर्वाचित जनप्रतिनिधिले सपथ लिए


65
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

सोमबार मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले नवनिर्वाचित मेयर मीना लामालाई शपथग्रहण गराउनुभएकाे हाे ।

त्यसैगरी आफूले सपथ लिएपछि मेयर लामाले उपमेयर तथा हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित १९ जना वडाअध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनियताको सपथग्रहण गराउनुभएकाे थियाे ।

सो अवसरमा नवनिर्वाचित मेयर लामाले निर्वाचन प्रचारप्रसारका क्रममा प्रतिबद्धता गरेका वचन तथा नगरबासीहरूकाे चाहनाअनुसार विकासको लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

नवनिर्वाचित प्रमुख लामा तथा उपप्रमुख बानियाँले साेमबार नै हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा पुगेर पदभार सम्हाल्नुभयो ।