१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रौतहटका ६ पालिका प्रमुखद्वारा शपथ ग्रहण


221
Shares

रौतहट । जिल्लाको ६ वटा पालिका प्रमुखले शपथ ग्रहण गरेका छन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्बाचनको नतिजा सार्वजनिक भएका ६ वटा पालिका प्रमुखलाई मुख्य निर्वाचन अधिकृत एवं मुख्य न्यायाधीश काजीबहादुर राईले गौरको सभाहलमा शपथ ग्रहण गराउनुभएको हो ।

शपथ लिनेमा चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले, माधव नारायण नगरपालिकाका प्रमुख बैजनाथप्रसाद यादव, गुजरा नगरपालिकाका प्रमुख सन्तप्रसाद चौधरी, ईशनाथ नगरपालिकाका प्रमुख कौशिल्या देवी, कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश, राजपुरनगरपालिका प्रमुख डाक्टर राजिक आलम रहेका छन् ।

निर्वाचित नगरप्रमुखलाई मुख्य निर्बाचन अधिकृतले शपथ खुवाएपछि उनीहरूले उपमेयर र उपाध्यक्षदेखि वडाध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराएका थिए ।

यसअघि गएको जेठ ६ गते मौलापुर नगरपालिकाका प्रमुख रिना कुमारी साह, गौर नगरपालिकाका प्रमुख शम्भु शाह, राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादव, परोहा नगरपालिकाका प्रमुख शेख वकिल, र दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहले शपथ लिइसकेका छन् ।