
काठमाडौं । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्ने बताउनुभएको छ ।
सोमबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्ने बताउनुभएको हो । उहाँले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
स्थानीय तह लोकतन्त्रको आधार स्तम्भ र लोकतन्त्रको प्राणवायु भएको भन्दै पौडेलले स्थानीय तहलाई बलियो बनाउन नसके जनताको इच्छा र आकांक्षालाई पूरा गर्न नसकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्