१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पेट्रोलिय पद्धार्थको मूल्यवृद्धिले सरकार हुनुको अनुभुति भएन : सांसद् श्रेष्ठ


377
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकारले पेट्रोलिय पद्धार्थको मूल्यवृद्धि गरेर सरकार हुनुको अनुभुति दिलाउन नसकेको बताउनुभएको छ ।

सोमबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य श्रेष्ठले मूल्यवृद्धि गराएर जनताको ढाड सेकाएको र जनताप्रति उत्तरदायी नभएको बताउनुभयो ।

मूल्यवृद्धिको कारण सबै क्षेत्रमा असर पुगेको उहाँको भनाइ छ । विगत सात महिनामा गरिएको पेट्रोलियम पदार्थको मूल्यवद्धिले जनता अत्यधिक मारमा रहेको उहाँले बताउनुभयो ।

भारतले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि हुँदा करको दायरा कम गरेको स्मरण गराउँदै उहाँले जनतालाई प्रत्यक्ष राहत दिन आग्रह गर्नुभयो ।