१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सफल हुन सकेन कंगना अभिनित फिल्म ‘धाकड’


455
Shares

एजेन्सी । बलिउडकी अभिनेत्री कंगना रनावतद्वारा अभिनित फिल्म ‘धाकड’ ले सफल व्यापर भने गर्न सकेन ।

कंगनालाई बलिउडमा शक्तिशाली अभिनेत्रीको रुपमा चिनिन्छ । हरेक प्रश्नमा सबैलाई आफ्नो कडा जवाफले अवाक बनाउने कंगनाको फिल्म भने बक्स अफिसमा सफल हुन सकेन । गत शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्म ‘धाकड’ ले पहिलो दिन ६५ लाख भारतीय रुपैयाँको कमजोर व्यापार गरेको थियो । फिल्मले दोस्रो दिन ७५ लाख भारतीय रुपैयाँ व्यापार गरेको थियो भने तेस्रो दिन केहि सुधार भएर १ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । फिल्मको ३ दिनको कुल आम्दानी २ करोड ४० लाख भारतीय रुपैयाँ रहेको छ ।

कंगनाको फिल्म ‘धाकड’ सँगै कार्तिक आर्यनद्वारा अभिनित फिल्म ‘भुल भुलैया –२’ पनि सोही दिनदेखि प्रदर्शन भएको थियो । कमेडी र हरर मिश्रीत फिल्म ‘भुल भुलैया २’ ले भने बक्स अफिसमा निकै राम्रो आम्दानी गरेको छ । फिल्म ‘भुल भुलैया २’ ले ३ दिनमा कुल ५५ करोड ९६ लाख भारतीय रुपैयाँ आम्दानी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

फिल्म ‘धाकड’ का लागि पहिलो दिनदेखि नै दर्शकका अभावका कारण मल्टीप्लेक्सहरूमा थुप्रै सो रद्द भएको समाचारमा उल्लेख गरिएको छ । ‘धाकड’ को ट्रेलर हेरेर फिल्म राम्रो बनेको र फिल्मले राम्रो आम्दानी गर्ने अनुमान गरिएको थियो । कुनै समय बक्स अफिसकी रानी भनिने कंगना पछिल्लो समय बक्स अफिसमा सफल हुन सकेकी छैनन् । बक्स अफिसमा उनको फिल्म फ्लप सावित हुने भएको छ । फिल्मले राम्रो आम्दानी गर्न नसके पनि कंगनाको अभिनय र एक्सनमा गरेको मेहनतलाई दर्शक र समीक्षकहरूले भने प्रशंसा गरेका छन् ।