१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कार आरोपी पाण्डेलाई पाँच दिन थुनामा राख्न अनुमति


2.08k
Shares

काठमाडौं । जिल्ला अदालतले बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न पाँच दिनको समय दिएको छ ।

सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौं जिल्ला अदालत पुर्‍याएको थियो ।

उनीमाथि सौन्दर्य प्रतियोगितामा सहभागि युवतीले सामाजिक सञ्जालमार्फत् आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

त्यसपश्चात पाण्डेलाई पक्राउ गरी कानून अनुसार कारबाही गर्न सडक, सदन र सामाजिक सञ्जालबाट तीव्र दबाव आइरहेको थियो ।