७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते


1.339k
Shares

धनकुटा । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ कार्की छापमा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

कोशीलोक अन्तर्गत भेडेटारबाट धनकुटा जाँदै गरेको मे ३४ प ११८५ को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ तेह्रथुमको छथरगाउँपालिका ५ बस्ने वर्ष २२ की कौशिला चेम्जोङ्गको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ ।

मोटरसाइकलमा चालक कौशिलाका श्रीमान् ३४ वर्षीय रामकुमार लिम्बुलाई समेत सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।