२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


लोकप्रिय बजेटको तयारी


3.952k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि लोकप्रिय बजेट ल्याउने तयारी गरेको छ ।

मसिंर महिनामा हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गरेर सरकारले केही लोकप्रिय कार्यक्रम अगाडि बढाउने भएको हो । त्यसैअनुरुप सरकारले मंगलबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछिन् ।

स्रोतका अनुसार आगामी आर्थिक वर्षदेखि सरकारले ६५ वर्षमा नै वृद्ध भत्ता वितरण गर्ने तयारी छ ।

याे समाचार आजकाे काराेबार दैनिकमा प्रकाशित छ।